संखुवासभा, २१ जेठ । स्याबुन गाबिसमा गएराति समान्य विवाद हुँदा नातामा आफ्नै भान्जा पर्ने सन्तोष दाहालले सोही गाविस वडा नं. ९ बस्ने मामा ३६ बर्षीय दिल कुमार तामाङलाको देब्रे हात छिनाएका छन् ।
विवाद के कारणले सुरू भएको सो नखुलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना गएराति १० बजे भएको प्रहरीले जनाएको छ ।
भान्जाले धारीलो हतियार प्रयोग गरी मामाको हात दुइ टुक्रा बनाएको र छिनेको हात झोलामा बोकी सदरमुकाम खादबारी अस्पतालमा ल्याइएको र त्यहाँ उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि काठमाडै लगिएको प्रहरीले जनाएको छ ।
दाहाललाई तरवार सहित पक्राउ गरिएको प्रहरी निरीक्षक मुक्ति सापकोटाले बताए ।













प्रतिक्रिया