३१ आश्विन २०८३, शनिबार

जर्मनीमा तीन आईएस आत्मघाती आक्रमणकारी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

बर्लिन, २१ जेठ । सिरियाबाट आतङ्ककारी योजनासहित जर्मनी पुगेका इस्लामिक स्टेटसँग आवद्ध तीन सिरियाली नागरिकलाई जर्मन प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

आत्मघाती आक्रमणको योजना बनाइरहेका ती तीन व्यक्तिको योजाना असफल हुनुको साथै पक्राउ परेको जर्मनी सरकारी स्रोतले जानकारी दिएको छ ।

प्रहरीद्वारा प्रकाशित प्रतिवेदनअनुसार पश्चिमी जर्मनीको पुरानो सहर डुसेलडोर्फमा ती व्यक्तिहरूले आत्मघाती आक्रमण गर्ने कोसिसमा रहेका थिए ।

पक्राउ परेका ती सिरियाली नागरिक २५, २७ र ३१ वर्षका भएको जनाइएको छ ।

पेरिस र ब्रसेल्समा भएको आतङ्ककारी आक्रमणपछि आईएस आतङ्ककारी समूहले जर्मनीलाई लक्षित गर्दै आएका छन् ।

जर्मनका गृहमन्त्री थोम्स डे मैजिएरेकाअनुसार करिब ४५ सयदेखि ५ हजार युरोपियन नागरिक सिरिया र इराकमा लडाकू बन्न गएका छन् । एएफपी