१८ कार्तिक २०८३, बुधबार

सुनवलमा सवारी दुर्घटना, एक जना गम्भिर घाईते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– सरु शर्मा
परासी, २० जेठ । नवलपरासीको सुनवलमा सवारी दुर्घटना हुदाँ १ जना गम्भिर घाईते भएका छन् ।

पुर्ब पश्चिम राजमार्गको सुनवल नगरपालिका १ स्थित पि के पेटृोल पम्प अगाडी पुर्ब बाट पश्चिम तर्फ ढुङगा लोड गरेर आउदै गरेको लु १ ख ९४ ३९ नम्बरको टिपरले सोहि दिशातर्फ आउदै गरेको रिक्सालाई ठक्कर दिदाँ रिक्सा चालक अमरौट गाविस वडा नम्बर ५ बस्ने डैनहवा बस्ने बर्ष २२ का महेन्द्र कुवर घाईते भएको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी हवल्दार रम बहादुर सारुले जानकारी दिनुभयो ।

सारुका अनुसार घाईते कुवरको टाउको र खुट्टामा गहिरो चोट लागेकाले अवस्था गम्भिर रहेकेो र उपचारका लागि देवदह मेडिकल कलेज भलुही पठाईएको छ । दुर्घटना भए पछि ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाको नेतृत्वमा खटिएको ७ जनाको टोलीले ठक्कर दिने टिपर र रिक्सालाई नियन्त्रणमा लिएको सारुले बताउनुभयो ।