
डाकर, २० जेठ । संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानमा मालीमा कार्यरत एक जना चिनियाँ सदस्यको शान्तिसेनाको रक्षक दलमाथि गरिएको आक्रमणमा मृत्यु भएको चीनको मालीस्थित राजदूतावासले बुधबार जनाएको छ ।
‘द मल्टिडाइमेनसनल इन्टिग्रेटेड स्टाबिलाइजेसन मिसन’ द्वारा बुधबार एक वक्तव्य जारी गर्दै मालीको गाओ नजिकै रकेट तथा तोप आक्रमण हुँदा मङ्गलबार बेलुका उनको निधन भएको बताइएको छ ।
उक्त घटनामा चार जना अन्य चिनियाँ शान्ति अभियन्ता घाइते भएका थिए ।
यसको चीनको विदेश मन्त्रालयले समेत पुष्टि गरेको छ ।
चीनले घटनालाई भयानक तथा असैह्य प्रकारको अपराध बताउँदै आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।
आक्रमणको अलकायदाको उत्तर अफ्रिकी समूहले जिम्मेवारी लिएको छ ।
मालीमा आइतबार पनि एक राष्ट्रसङ्घको शान्तिसेनाका लागि कार्यरत एक रक्षक दलमाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको थियो । सिन्ह्वा















प्रतिक्रिया