३१ आश्विन २०८३, शनिबार

उत्तर कोरियाले फेरि हान्यो क्षेप्यास्त्र, अमेरिकालाई खतरनाक सुरक्षा चुनौती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

north-korea_697433573

वासिङ्टन, १८ जेठ । उत्तर कोरियाले गरेको पछिल्लो (मङ्गलबारको) क्षेप्यास्त्र परीक्षण प्रयासप्रति पेन्टागनले निन्दा गरेको छ ।

उत्तर कोरियाका लगातारका क्षेप्यास्त्र परिक्षणले संयुक्त राज्य अमेरिका, यसको सहयोगी दक्षिण कोरिया तथा यस क्षेत्रमा खतरनाक सुरक्षा चुनौती आएको बताउँदै तुरून्त यस्ता गतिविधि रोक्न संयुक्त राज्य अमेरिकाको स्ट्राटेजिक कमाण्डले एक विज्ञप्ती जारी गर्दै आग्रह गरेको छ ।

यसअघि अज्ञात रुपमा नै उत्तर कोरियाले चौथो पटक गर्न लागेको सो मध्यमदुरीको क्षेप्यास्त्र परीक्षण असफल भएको पाइएको पत्ता लागेको दक्षिण कोरियाली सेनाले जनाएको थियो ।

कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कंग्रेसको सम्बोधनका क्रममा उत्तर कोरियाली नेताले आफूले निशस्त्रीकरणका लागि संसारमै सहयोग गर्ने बताएपनि अहिलेसम्म आफ्नै प्रतिवद्धतालाई ब्यवहारमा ल्याउन सकेको छैन ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नुलाई उत्तर कोरिया र त्यहाँका अधिकारीको हठका रुपमा लिइएको छ । रासस÷ एएफपी