३१ आश्विन २०८३, शनिबार

हतियार राखिएको सबैभन्दा ठूलो डिपोमा आगलागी, १८ को मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fire-armyनयाँदिल्ली, १८ जेठ । भारतको महाराष्ट्रस्थित नागपुरको पुलगांवमा रहेको सेनाको सबैभन्दा ठूलो हतियार डिपोमा आगलागी हुँदा १८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

 

डिपामा लागेको आगो नियन्त्रणका लागि प्रयास भइरहे पनि पटक पटक हुने गरेको विष्फोटले समस्या उत्पन्न भएको समाचारमा उल्लेख छ ।

 

डिपोमा आज बिहान करीव ढेड बजे लागेको थियो । आग सेनाको डम्पिङ यार्डमा लागेको जनाइएको छ । सोही स्थानबाट डिपोभरि आगो सल्किएको हो ।

 

आगलागीका कराण थुप्रै व्यक्ति घाइते पनि भएका छन् । घाइतेलाई आइसीयूमा भर्ती गरिएको छ ।

 

आगलागीबाट कति जनाको मृत्यु भएको यकिन हुन सकेको छैन । हतियार डिपोमा आगो लागेका विषयमा इनक्वाइरी समिति बनाइएको समाचारमा उल्लेख छ ।

 

रक्षा मंत्री मनोहर पर्रिकर पुलगांवस्थित डिपोको निरीक्षण गर्ने बताइएको छ । – एजेन्सी