३१ आश्विन २०८३, शनिबार

भारतमा विपत, २४ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Flag

नयाँदिल्ली, १७ जेठ । भारतको उत्तरी राज्य उत्तर प्रदेश र उत्तराखण्डमा आँधीबेहरी, चट्याङ र मुसलधारे बर्षाबाट कम्तीमा २४ व्यक्तिको मृत्यु भएको छ।

गत शुक्रबार रातिबाट उत्तर प्रदेशमा सुरु भएको आँधीबेहरी र चट्याङबाट १८ व्यक्तिको मृत्यु भएको बताइएको छ । उत्तर प्रदेशका बिभिन्न भागमा आएको यस प्रकोपको कारण उनीहरूको मृत्यु भएको हो। त्यसैगरी उत्तराखण्डमा पनि यस प्रकोपबाट छ व्यक्तिको मृत्यु भएको छ। रुखहरु जरैदेखि ढल्ने र कमजोर घरको संरचनाहरु भत्किदा ती व्यक्तिको ज्यान गएको बताइएको छ।

गत हप्ता पनि उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आँधीबेहरी र चट्याङ्का कारण कम्तीमा २३ व्यक्तिको मृत्यु भएको थियो। उत्तर प्रदेशको पश्चिमी र मध्यभागहरूमा सुरु भएको चट्याङ र आँधीबेरीका कारण ती व्यक्तिहरूको मृत्यु भएको थियो।

उत्तर प्रदेशको ६ वटा जिल्लामा चट्याङ पर्नुका साथै आँधीबेहरीबाट २३ व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा गएको करिब तीन दिनदेखि वर्षा पनि जारी छ। सो वार्षाका कारण बाढी पहिरोेको प्रकोप पनि देखिएको छ। रासस/एएफपी