३१ आश्विन २०८३, शनिबार

मालीमा पाँच जना शान्ति सेना मारिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maliलन्डन, १७ जेठ । अफ्रिकी मुलुक मालीमा खटिएका संयुक्त राष्ट्रसंघमा पाँच जना शान्ति सेना मारिएका छन् ।

राष्ट्रसंघका अनुसार मृत्यु हने सबै सेना अर्को अफ्रिकी मुलुक टोगोका हुन् । मालीको मोप्तो क्षेत्रमा नियमित गस्तिमा रहेको बेला ति शान्ति सेना चढेको गाडी एम्बुसमा परेको थियो ।

विष्फोटपछि आगलागी हुँदा ५ जनाको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

ईस्लामिक अतिवादी समूह अल कायदासँग आवद्ध मकिना लिबरेशन फ्रन्ट नामको विद्रोही समुहको प्रभाव रहेको उक्त क्षेत्रमा संयुक्त राष्ट्रसंघका शान्ति सेनामाथि पटक पटक हमला हुँदै आएको छ । – एजेन्सी