३१ आश्विन २०८३, शनिबार

उत्तर कोरियालाई दक्षिण कोरियाले भन्यो- तिम्रो धम्कीले डराउँदैनौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

North-south-korea-president

सोल, १४ जेठ । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाली सरकारले पछिल्लो समयमा दिने गरेको आणविक परीक्षणको धम्कीले नडराउने बताएका छन् ।

उनले शुक्रबार भने यस्तो धम्कीले हामी कुनै पनि हालतमा डराउँदैनौँ, हामीलाई यस्ता आणविक परीक्षणका विगतका धम्कीहरुले पनि केही गर्न सकेको छैन ।

आणविक परीक्षणको शृंखला नै चलाएको उत्तर कोरियाले पछिल्लो समयमा दक्षिण कोरियालाई चीसो पस्ने गरेको छ । उत्तरको आणविक परीक्षणका कारण यी दुई छिमेकी एक आपसमा पछिल्लो समयमा विवादमा पर्ने गरेका छन् ।

योनहाप समाचार समितिद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले तर अहिले पनि उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरिरहेको सूचना आफूले पाएको बताए ।

दक्षिण कोरियाले उत्तर कोरियासँग अघि बढाउन लागेको शान्तिको प्रयासलाई उत्तरले असफल तुल्याइदिएको पनि उनले बताए ।

उहाँले उत्तरले हालैमात्र आफ्नो पार्टीको सातौँ राष्ट्रिय कंग्रेसका अवसरमा आफूलाई एक आणविक राष्ट्रका रुपमा परिचित नै गराएको दाबी पनि गरे ।

शान्तिवार्ता एवम् दुई देशबीचको समझदारीको एजेण्डालाई उत्तरले कहिल्यै पनि प्राथमिकतामा नराखेकोले पछिल्लो समयमा यसको सम्भावना पनि हराएको उनले बताए । रासस/एपी