बुटवल, १४ जेठ । शविसन किरण स्मृति अक्षयकोष स्थापनार्थ बुटवलमा असार ४ गते बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
बुटवलको ट्राफिकचोकमा हुने साँस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने आयोजक संस्था प्रस्तावित शोविसन किरण स्मृति फाउण्डेशन बृहत साँस्कृतिक कार्यक्रम आयोजक समितिले जनाएको छ ।
शविसन र किरण कलाकार तथा सञ्चारकर्मी विष्णुजी पाण्डे (माईला) तथा सीता पाण्डेका छोरा हुन । शविसनको चैत २० र किरणको चैत २१ गते क्रमशः २ वर्ष ७ महिना तथा ७ महिनाका उनीहरुको अकस्मात मृत्यु भएको थियो ।
दुई सन्तान गुमाएका पाण्डे परिवारले बालकको नाम अम्मर राख्न आर्थिक कोष स्थापनार्थ साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको बृहत साँस्कृतिक कार्यक्रमका संयोजक धनबहादुर गुरुङले जानकारी दिए ।
उनले पाण्डे परिवारमा भएको दुःखद् भोलि जो कसैको पनि हुन सक्नै भन्दै कोष स्थापनार्थका लागि आर्थिक सहयोग गरिदिन सबैसँग आग्रह गरे ।
स्व. शविसन र स्व. किरणका बुवा विष्णुजी पाण्डेले आफूहरूलाई अझै पनि सपना जस्तो लाग्ने गरेको बताए । उनले शोकको अवस्थामा महलम लगाईदिने काम कलाकार, पत्रकार एवं शुभचिन्तकले गरेकै कारण आफू अहिले यसरी हिड्न सक्ने भएको बताए ।












प्रतिक्रिया