१८ कार्तिक २०८३, बुधबार

चक्काजाममा सर्वसाधारणका लागि नेपाल प्रहरीले चलायो बस, फ्रि मा चढ्नुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus-Policeकाठमाडौँ, १३ जेठ । नेपाल प्रहरीले सर्वसाधारणका लागि निःशुल्क बस सञ्चालन गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न यातायात मजदुर संघ,संगठन तथा व्यवसायीहरुले गरेको चक्काजामलाई मध्य नजर गर्दै नेपाल प्रहरीले विहिबार सर्वसाधारण नागरिकहरुलाई सुविधा दिने उदेश्यले उपत्यकाका विभिन्न स्थानमा दुई वटा बस संचालन गरी सेवा प्रदान गरेको हो ।

प्रहरीले संचालन गरेको बस पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी त्रिपुरेश्वर , सहिदगेट, रत्नपार्क, दरवारमार्ग हुदै नक्साल सम्म र रुट नम्वर २ मा नक्साल, मैतीदेवी, गौशला, कोटेश्वर, तिनुकुने, ववरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार हुदै नक्साल सम्म रहेका छन् ।

बस सेवा विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन गरिने छ ।