१८ कार्तिक २०८३, बुधबार

काठमाडौंको खाली जग्गामा आधुनिक हतियार भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slr-rifale

काठमाडौं, १२ जेठ । राजधानीमा प्रहरीले वेवारिशे हतियार बरामद गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–४ चण्डोलस्थित खाली जग्गामा प्लाष्टिकको बट्टामा हर्नेटको ५ वटा गोली, त्यसको म्यागजिन १ थान, पेस्तोलको गोली १ राउन्ड र एसएलआरको ४० राउन्ड गोली बुधबार प्रहरीले फेला परी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।