काठमाडौं, १० जेठ । भारतमा पछिल्लो समय आतंकवादी हमला बढेको छ ।
हिजो आइतबार मात्रै भएको आतंकवादी हमलामा ६ जना प्रहरी अधिकारी मारिएका थिए । आतंकवादी हमला आज पनि जारी छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार श्रीनगरमा एक घण्टामै दुई आतंकवादी हमला भएका छन् । हमलामा तीन जना प्रहरी मारिएका छन् । दुई प्रहरी घाइते छन् ।
पहिलो हमला श्रीनगरको जादीबल भन्ने ठाउँमा भएको थियो । पुलिस स्टेशन नजिकै भएको हमलामा एएसआई नजीर अहमद र कान्स्टेबल बसीर अहमदको मृत्यु भएको हो । उनीहरुलाई आतंकवादी लडाकुले नजिकै आएर गोली हानेका थिए ।
आतंकवादीले दोस्रो हमला टेंगपोरा भन्ने ठाउँमा गरेका छन् । यो हमला प्रहरीको सीआरपीएफ पोस्टमा गरिएको थियो । आतंकवादीको गोलाबारीमा यहाँ एक प्रहरी जवान मारिएका छन् । उनीहरुले मृतक जवानको हतियार समेत लुटेर लगेका छन् । उनीहरुलाई खोज्न प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरि सर्च अप्रेशन सुरु गरेको छ ।
घटनास्थल र वरीपरी पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको छ । आतंकवादी लडाकुको खोजी भइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । यो क्षेत्रमा झण्डै तीनवर्ष पछि आतंकवादी हमला भएको हो ।
Srinagar: Visuals of the spot where terrorists attacked a police party at Zadibal police station, 2 policemen killed pic.twitter.com/mCTKvXI0io
— ANI (@ANI) May 23, 2016
1 policeman killed in terror attack in Tengpora,Srinagar. Rifle snatched by terrorists (Visuals of spot) pic.twitter.com/eaFSI9EhZ6
— ANI (@ANI) May 23, 2016















प्रतिक्रिया