३१ आश्विन २०८३, शनिबार

अमेरिकी राष्ट्रपति ओबामा एसिया भ्रमणका लागि प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

US-POLITICS-OBAMA-ARRIVAL

वासिङ्टन, ९ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो साताव्यापी एसिया भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन् ।

अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो भ्रमण सुरक्षा तथा अर्थतन्त्र सुधारका लागि सहकार्य गर्न प्रयोग गर्ने बताइएको छ ।

ओबामा पहिलो तीन दिन भियतनाम रहनेछन् । त्यहाँ रहँदा भियतनामी उच्च नेतृत्वसँग भेट गर्नुका साथै अमेरिका-भियतनाम सम्बन्धबारे सम्बोधन गर्नेछन् । भियतनाममा रहँदा ओबामाले त्यहाँका नागरिक समाजका अगुवा तथा व्यवसायीसँग पनि ओबामाले भेट्ने कार्यक्रम छ।

भियतनामपछि अमेरिकी राष्ट्रपति सात औद्योगिक राष्ट्रहरुको जापानमा हुने सम्मेलनमा भाग लिन जानेछन् ।

ओबामाले जापानको हिरोसिमाको ऐतिहासिक भ्रमणसमेत गर्ने कार्यक्रम छ ।

अमेरिकाले पहिलो आणविक बमलाई जापानको हिरोसिमामा सन् १९४५ को अगस्ट ६ मा खसाल्दा करिब ७० लाख जापानीहरुको मृत्यु भएको उक्तस्थानमा त्यसपश्चात् कुनै पनि अमेरिकी राष्ट्रपतिले राष्ट्राध्यक्षका रुपमा भ्रमण गरेका छैनन् । रासस/एपी