काठमाडौं, ९ जेठ । परमाणु आपूर्तिकर्ता समूह (एनएसजी)मा भारतको प्रवेश चीनले रोक्दा पाकिस्तानले त्यसमा आफ्नो दाबी गरेको छ ।
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार भियनामा रहेका पाकिस्तानका राजदूतले एनएसजीलाई एक पत्र लेखी सदस्यताका लागि आवदेन दिएका हुन् ।
यो पत्रमा पाकिस्तानले भनेको छ- निर्यात नियन्त्रण व्यवस्थामा भागिदारीका लागि गरिएको निर्णय र जनसंहारक हतियारहरुको प्रसार तथा यिनको आपूर्तिको माध्यमलाई रोक्नका लागि गरिएको अन्तर्राष्ट्रिय प्रयासप्रति पाकिस्तानले ठोस सहयोग दर्शाउनेछ ।
विदेश विभागले भनेको छ– ‘शान्तिपूर्ण उद्देश्यहरुका लागि सबै प्रकारका परमाणु एप्लिकेशनलाई लिएर सेवाहरु र एनएसजीद्धारा नियन्त्रित वस्तुहरुको आपूर्तिका लागि पाकिस्तानसँग विशेषज्ञता, मानव संशोधन, बुनियादी ढाँचा र योग्यता छ ।’
उसले भनेको छ पाकिस्तान परमाणु सुरक्षालाई एकदमै प्राथमिकता दिन्छ । पाकिस्तानले अहिले परमाणु सुरक्षालाई अन्तर्राष्ट्रिय मानकहरुसम्म ल्याउनका लागि कानूनी, नियामक र प्रशासनिक कदम उठाएको छ ।
भारतलाई तनाव
एनएसजीमा पाकिस्तानको दाबीसँगै भारतलाई तनाव भएको छ । किनकि सदस्यताका लागि भारतले पहिला दाबी गरेको थियो । तर, चीनले एनपीटीको सदस्यता नलिएका राष्ट्रले एनएसजीको सदस्यता नपाउने स्पष्ट कुरा राखेको थियो । जसबाट भारत वञ्चित भएको थियो ।
तर, अब पाकिस्तानलाई चीनको समेत सहयोग हुने देखिन्छ । किनकि भारतभन्दा पाकिस्तान चीनको नजिक छ ।
(भारतीय पत्रिका नवभारत टाइम्सको सहयोगमा)
















प्रतिक्रिया