१७ कार्तिक २०८३, मंगलबार

कोटेश्वरमा दिउँसै लुटिए वैद्य, प्रहरीले अनुसन्धान गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ९ जेठ । राजधानीमा एक युवक दिनदहाडै लुटिएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं नगरपालिका–३५ कोटेश्वर बस्ने २३ वर्षीय सकिन वैद्यको नगद २३ हजार रुपैयाँ शनिबार लुटपाट भएको हो ।

वैद्यले भाटभटेनी सुपर मार्केटमा सामान खरिद गरी बिल काउन्टरमा रकम तिर्नको लागि टेबुलमा पर्स राख्दा नजिकै छेउमा बिल तिर्न लागेका व्यक्तिले उक्त रकम लिई फरार भएको बताइएको छ ।

लुटेराहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।