३१ आश्विन २०८३, शनिबार

‘भारतबाट विश्वका यी ३२ देशलाई खतरा !’ को-को परे ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi_reutersकाठमाडौं, ९ जेठ । भारतको परमाणु क्षमता भएको पनडुब्बी र सुपर-सोनिक बेलेस्टिक मिसाइलको परीक्षणलाई लिएर पाकिस्तानी मिडियामा चिन्ता जनाइएको छ ।

पाकिस्तानको एक मिडिया ‘जंग’ले भारतीय पनडुब्बीमा परमाणु मिसाइल तैनाथ गरेमा दक्षिण एसियामा शक्ति सन्तुलन विग्रिने र यसबाट हिन्द महासागरका तटसँग जोडिएका ३२ लाई खतरा हुने उल्लेख गरेको छ ।

यो निष्कर्ष पाकिस्तान सरकारले निकालेको छ र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफका विदेश मामलिा सल्लाहकार सरताज अजीजले संसदमा सुनाएका छन् ।

अजीजले खतरामा पर्ने ३२ देशहरुमा माल्दिभ्स, श्रीलंका, बहराईन, ईरान, इराक, कुवैत, ओमान, कतार, साउदी अरब, यूएई, मिस्र, दक्षिण अफ्रिका, अष्ट्रेलिया, इन्डोनेसिया, मलेसिया, म्यानमार, सिंगापुर र थाइल्याण्ड लगायत रहेको बताए ।

पत्रिकाका अनुसार अजीजले भनेका छन्– भारत संयुक्त राष्ट्रसंघ महासभाको आगामी सत्रमा हिन्द महासागरबाट परमाणु हतियारलाई टाढा राख्ने उद्देश्यसहितको एक प्रस्ताव समेत लग्ने तयारीमा छ र खतरामा रहेका ३२ वटै देशको समर्थन जुटाउने प्रयास गरिरहेको छ ।

पाकिस्तानले राष्ट्रसंघबाट प्रास्ताव पास गराएर भारतको मिसाइल परीक्षण कार्यक्रम रोक्न प्रयास समेत गरिरहेको छ ।

(बीबीसी हिन्दीको सहयोगमा)