काठमाडौं, ९ जेठ । नेकपा माओवादी केन्द्रको महाभिवेशन आयोजक समितिको वैठकको तयारी भइरहँदा विवाद देखिएको छ ।
१० माओवादी एकीकरण गरी नेकपा माओवादी केन्द्र घोषणा भएको थियो । तर, आवश्यकताभन्दा बढि महाधिवेशन आयोजक समितिको संख्या निर्धारण भएपछि केन्द्रदेखि जिल्लासम्मको पोर्टफोलियोको विवाद चर्किएको छ ।
विभिन्न समयमा विभाजित भएका माओवादीहरुको एकीकरण भएपनि कार्यकर्तास्तरमा हैसियत र संगठन कमजोर भएका पार्टीका कार्यकर्ताहरुको पोर्टफोलियो तत्कालिन एमाओवादीका सतहका संगठकहरुभन्दा माथि हुने भएपछि विवाद सुरु भएको हो ।
‘यो जम्बो आयोजक समितिले एक वर्ष लगाउँछ महाधिवेशनका लागि तर एक वर्षसम्म हाम्रो राजनैतिक र संगठनात्मक हैसियत के हुने भन्ने गम्भिर प्रश्न उठेको छ । हिजोको कार्यकर्ता नै नभएको जुनियरलाई सिनियर मानेर जान सक्ने स्थिति छैन ।’ एक जिल्लास्तरीय नेताले भने ।
एमाओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट केन्द्र नेपाल, वामपन्थी एकता समूह, गोरवशाली पार्टी नेपाल, नेकपा माओवादी विद्रोहीलगायत १० घटकबीच एकता भएको थियो ।
आज बस्ने केन्द्रिय महाधिवेशन आयोजक समितिको वैठकले सवै पद टुंगो लगाउने बताइएको थियो । तर, वैठक अघि नै जिल्ला र केन्द्रिय तहका नेताहरुले तिव्र असन्तुष्टि जनाइसकेका छन् ।
माओवादी केन्द्र गठनले दल ठूलो हुने नेताहरुको जिकीर भएपनि त्यसभित्रको असन्तुष्टिका विषयमा बस्तुगत निर्णय नगर्दा समस्या उत्पन्न भएको छ । ‘महाधिवेशन आयोजक समितिमा सवै एकीकरण भएका दलहरुको पदाधिकारीमात्रै राखेर प्रचण्डलाई संयोजक राखेको भए मान्न सकिन्थ्यो तर दुख गर्नेहरुलाई कमजोर पार्नेगरी कमजोर स्थितिमा रहेका पार्टीका कार्यकर्तालाई नेता भनेर हिँड्न सकिँदैन ।’, ति नेताले भने ।
उता, एकीकरण भएलगत्तै माओवादी नेता राम कार्कीले बेलुनजस्तो एकीकरणले समस्या ल्याउने बताएका थिए । उनी तत्कालिन एमाओवादीका १ नम्बर प्रदेश इञ्चार्ज हुन् ।












प्रतिक्रिया