दाङ, ९ जेठ । इलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा दाङ जिल्लाको विकट गाविस गोल्टाकुी ३ मा अपराध नियन्त्रणका लागि प्रहरी बस्ती भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार भएको कार्यक्रमका सहभागी स्थानियवासीहरुले प्रहरीले आफना गतिविधीलाई थप क्रियाशील बनाउनु पर्ने बताए ।
उनीहरुले आफ्नो गाविसमा अवैध मदिरा उत्पादन र विक्री वितरण गर्नेलाई कारवाही गर्नुपर्ने र रक्सी सेवनका कारण नै बिभिन्न हिंसाहरु बढ्दै गएको भन्दै नियन्त्रण गर्न प्रहरीले विशेष भूमिका निर्वाह गर्नु पर्ने सुझाव दिए ।
गोल्टाकुरी प्रहरी चौकीमा एक जना पनि महिला प्रहरी नभएको हुँदा महिला प्रहरीको व्यवस्था गरिदिन स्थानीयले माग गरेका थिए ।
कतिपय अबस्थामा प्रहरीले मिलापत्रको नाममा अनाबश्यक दुःख दिने गरेको पहुचवालाको मात्र कुरा सुन्ने गरेको पीडितले गुनासो गरे ।
कार्यक्रमका बिशिष्ट अतिथी तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष नारायणी रजौरेले अपराध नियन्त्रण गर्नका लागि नागरिकहरुले प्रहरीलाई समयमा सहि सूचना दिनुपर्न बताउनु भयो ।
इप्रका तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेयले नागरिकको सहयोगविना प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न नसक्ने बताउनु भयो ।
गोल्टाकुरी गाविसका पूर्व अध्यक्ष यज्ञबहादुर विष्ट, कांग्रेसका नन्दराम खत्री, एमालेका जनार्दन आचार्य, माओवादी केन्द्रका धनबीर चौधरी, राप्रपा नेपालका धर्मराज वली, महिला अधिकारकर्मी गीता पौडेल, बाल सञ्जालका पारस खडाकालगायत तीन दर्जन बढीले आ–आफना सुझाव राखेका थिए ।












प्रतिक्रिया