१७ कार्तिक २०८३, मंगलबार

बसबाट हामफाल्दा दाङका सुइरे बिकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhading-Sadakधादिङ, ९ जेठ । धादिङ्ग जिल्लाको बैरेनी– ९ स्थित गर्दाखोलामा गुडीरहेको बसबाट हामफाल्दा दाङ घर भएका ४५ वर्षीय सुइरे बिकको मृत्यु भएको छ ।

शनिबार राति ९ बजे ना ६ ख ९२५ नम्बरको गुडिरहेको बसबाट दाङ्ग जिल्ला बिजौरी घर भएका बिकले बसबाट हामफालेको प्रहरीले जनाएको छ ।

बसबाट हामफालेका बिकको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बस र बसका चालकलाई प्रहरी चौकी बैरेनीले नियन्त्रणमा लिएको छ । घटनाका समबन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।