
काठमाडौं, ८ जेठ । कान्तिपुर हिसान शैक्षिक मेलाको तेस्रो दिन शनिबार ७५ हजार विद्यार्थी र अभिभावकले अवलोकन गरेका छन् ।
बिहीबार र शुक्रबारको भन्दा दोब्बर विद्यार्थी मेलामा सहभागी भएका छन् । कान्तिपुर पब्लिकेसन्स र उच्च माध्यमिक विद्यालय संघ (हिसान)ले आयोजना गरेको मेला भोली आइतबार सकिदैछ ।
उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव लोकबहादुर भण्डारीका अनुसार बिहीबार २० हजार र शुक्रबार ५० हजारले विद्यार्थीले अवलोकन गरेका थिए ।

मुलुकका उत्कृष्ठ कलेजको स्टल मेलामा भएपछि बिज्रकोर्ष गरिरहेका छोराछोरी लिएर अभिभावक आउने गरेका छन् ।
त्यही कलेजको माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरुले मेलामा आउनेलाई परामर्श दिने गरेका छन् । आफनै उमेरका सहपाठीले कलेजको सेवा सुविधा र शैक्षिक अवस्था बारे जानकारी दिने भएपछि विद्यार्थीहरुमा आकर्षण बढेको हो ।

हिसानका बरिष्ठ उपाध्यक्ष युवराज शर्माले एसएलसी दिएर बसेका विद्यार्थीलाई कहाँ पढ्ने र कुन बिषय पढने भन्ने अन्यौललाई हटाउन मेला सफल भएको बताउनुभयो । ‘के पढने ? कहा पढने भन्ने परामर्श दिनु जरुरी थियो,’ उहाले भन्नुभयो, ‘विद्यार्थीहरु उच्च माध्यमिक तहको पढाई बारेमा जानकारी लिन सबैजासो कलेजमा छिरेर बुझ्ने धैर्य बोकेर आएका छन ।’
उच्च माध्यमिक तहको पढाई कसरी हुन्छ ? बिषय छनौट कसरी गर्ने ? सहजै जानकारी पाएका छन् । मेलामा कलेजको बारेमा जानकारी लिएपछि त्यही कलेजका माथिल्लो तहमा अध्ययनरत विद्यार्थी, शिक्षक, प्राचार्यसंग प्रतयक्ष कुराकानी गर्न पाएका छन् ।

‘अब कलेज भिजिट गर्दा संकोच हुदैन,’ शर्माले भन्नुभयो, ‘मेलामा कुन कलेज कस्तो हो भन्ने अध्यययन र छान्न सहज भएको छ ।’ मेलाले विद्यार्थीहरुलाई कलेज छनौट गर्न पनि सहज बनाएको छ ।
कलेजको स्टलबाट विद्यार्थी भर्ना गर्न दबाब दिएका छैनन । कलेजको जानकारी दिने र ब्रोसर दिएर पठाउने गरेका छन् । १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि स्वदेशमै पढाई हुने बिषय र कलेजको बारेमा जानकारी लिन मेलामा आउने गरेका छन् ।












प्रतिक्रिया