३१ आश्विन २०८३, शनिबार

हेलिकोप्टर दुर्घटनामा चार प्रहरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopter480पेरिस, ८ जेठ । फ्रान्सको पिरेनिजमा प्रहरीको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका चार जना प्रहरीको ज्यान गएको समाचार छ ।

फ्रान्समा पछिल्लो समयमा भएका यस्ता त्रासदीपूर्ण दुर्घटनाजस्तै लाग्ने सो दुर्घटनामा फ्रान्सेली प्रहरीको हेलिकोप्टर परेको हो ।

दुई हजारदेखि तीन हजार मिटरको उचाइमा रहेको सो हेलिकोप्टर एक्कासी खसेको थियो । फ्रान्सको उच्च पहाड भिजनमाले नजिकै सो हेलिकोप्टर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा दुई जना हेलिकोप्टर चालक र दुई प्रहरी रहेका छन् । पहाडमा भएका दुर्घटनाहरुको उद्धारको काममा खट्ने गरेका विशेषज्ञ सो दुर्घटनामा मारिएका छन् । रासस÷एएफपी