अछाम, २२ साउन । भालुको आक्रमणबाट अछाममा एक जना वृद्ध गम्भीर घाइते भएका छन् ।
जिल्लाको मङ्गलसैन नगरपालिका वडा नं ३ लाछिमनाका ६५ वर्षीय मनबहादुर बोगटी भालुको आक्रमणबाट घाइते भएका हुन् ।
घाइते बोगटीको जिल्ला अस्पताल मङ्गलसैनमा उपचार भइरहेको छ । गाउँ नजिकैको जङ्गलामा घाँस काट्न गएका बोगटीलाई दुई वटा भालुले आक्रमण गरेका थिए । बोगटीको अनुहार, टाउको र तीघ्रामा गहिरो चोट लागेको छ ।
उनलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर अशोक खनालले जानकारी दिनुभयो ।
अछाम जिल्लामा पछिल्लो समयमा जङ्गली जनावरको आक्रमणबाट एक बालकको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
















प्रतिक्रिया