१७ कार्तिक २०८३, मंगलबार

तालाबन्दीबिरुद्ध सुप विश्वविद्यालयमा फेरि तालाबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Farwester-universityमहेन्द्रनगर, ७ जेठ । सुदूरपश्चिम विश्वविद्यालयमा आज पनि तालाबन्दी भएको छ ।

विश्व विद्यालयकै शिक्षकहरुको प्रायोजनामा दुई दिन देखि लगातार तालाबन्दी भएर विश्वविद्यालयको पठन पाठन अवरुद्ध भएको भन्दै व्यवस्थापन संकायका विद्यार्थीहरुले डिन कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् ।

व्यवस्थापन विभागका डिन भारती जोशीको कार्यकक्षमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको व्यवस्थापन संकायका विद्यार्थीहरुले बताएका छन् ।

बिबिए प्रथम बर्षमा अध्ययनरत विद्यार्थी किशोर प्रशाद जोशीले शिक्षकहरुकै षडयन्त्रमा विश्वविद्यालयमा अनाश्वयक रुपमा तालाबन्दी, समस्या उत्पन्न भएको भन्दै विद्यार्थीहरुको भविश्यमा खेलवाड भएकाले त्यसको बिरुद्धमा तालाबन्दी गरिएको बताउनुभयो । व्यवस्थापन उनीहरुको पहिलो माग छ ।

‘व्यवस्थापन विभागमा तालाबन्दी हुँदा डिन कार्यालयबाट कुनै पहल नभएका कारण बाध्य भएर आज डिन कार्यालयमा तालाबन्दी गरेका हौँ,’ उनले भने ‘अब हामी यहाँबाट पनि समस्या समाधान नभए पुन आन्दोलित गछौँ ।’ शिक्षकहरुको षडयन्त्रमा तालाबन्दी भएर आफ्नो पठन पाठन अवरुद्ध भएको उनको आरोप छ ।

यसैबीच व्यवस्थापन संकायका विद्यार्थीहरुले डिन कार्यालयमा तालाबन्दीका साथै व्यवस्थापन संकायका डिन भारती जोशीलाई विभिन्न ६ बुदे ज्ञापन पत्र समेत बुझाएको छ । व्यवस्थापन विभाग प्रमुखको कार्यकक्षमा लागेको तालाबन्दी खोलिनुपर्ने, विभागीय प्रमुख यज्ञराज पाठकलाई पुर्नरकाममा पठाउनुपर्ने, पुस्तकको व्यवस्था, शैक्षिक समाग्री, नियमित कक्षा संचालन हुनुपर्ने लगायतका माग अघि सारिएको छ ।

ज्ञापनपत्र बुझ्दै व्यवस्थापन विभागका डिन भारती जोशीले विद्यार्थीहरुको जायज माग सम्बोधन गर्न पहल गर्ने आवश्वासन दिनुभयो । यसरी अनेकन मुद्दालाई लिएर सुदूरपश्चिम विश्वविद्यालमा तालाबन्दी दिनहुँ भईरहेको छ । जसका कारण विद्यार्थीहरुको भविश्य अन्धारतिर जाने खतरा छ ।

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टले पदिय मर्यादा विपरित नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अपमान हुने गरिकाले सामाजिक संजाल मार्फत स्टाटस पोष्ट गरेको भन्दै नेपाली काँग्रेस निकट नेवि संघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, विप्लप माओवादी निकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छौटौँ, नयाँ शक्ति निकटका विद्यार्थीहरुले जेठ ५ गते रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरेको भोलीपल्ट एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले उपकुलपति भुषण क्षेष्ठले काम गर्न नसकेको, पदिय मार्यादा विपरित नेताहरुको अपमान गर्दै नेपाली काँग्रेसका नेता शेर बहादुर देउवाका लागि भोट मागेको भन्दै उनको कार्याकक्ष र परिक्षा नियन्त्रण कार्यालयमा अनिश्चितकालनका लागि तालाबन्दी गरेको २४ घण्टा वित्न नपाउदै फेरी व्यवस्थापन संकायका विद्यार्थीहले व्यवस्थापन संकायका डिन भारती जोशीको कार्याकक्षमा तालाबन्दी गरेका छन् ।

दलगत भागबण्डामा कर्मचारी बनेका सुदूरपश्चिम विश्वविद्यालयमा दिनहुँ अनेकन समस्या खडा हुँदा विद्यार्थीहरुको पठन पाठन अवरुद्ध भईरहेको छ । विश्व विद्यालय भित्रकै शिक्षक कर्मचारी विचको राजनितिक प्रतिशोधका कारण यस्ता समस्याबाट विश्वविद्यालयले मुक्ति पाउन सकेको छैन् ।