१७ कार्तिक २०८३, मंगलबार

अध्यक्ष ठाकुर र उपाध्यक्ष सीताशरण बर्खास्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press Release of forum Nepal 7 jethकाठमाडौं, ७ जेठ । संघीय समाजवादी फोरम नेपाल निकट मधेसी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष पल्टन ठाकुर र उपाध्यक्ष सीता शरण ठकुरलाई साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएको छ ।

महासंघको विधान २०६८ को धार १२ मा भएको व्यवस्था र अर्को धारा ११ (३) बमोजिम पल्टन ठाकुर र सीता शरण ठाकुरलाई साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएको वरिष्ठ उपाध्यक्ष उषा तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघको विधान र हित विपरित अनुशासनहीन कार्य गरेकाले उनीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । आन्तरिक विवादका कारण संघीय समाजवादी फोरम नेपालभित्र केही असन्तुष्टिहरू रहँदै आएका छन् ।