दाङ, ७ जेठ । कक्षा ४ र २ मा अध्ययनरत आफ्ना १२ वर्षीय छोरा अर्जुन बिक र ८ वर्षीय अर्का छोरा अजय बि.क.को पढाइलाई निरन्तरता दिनका लागि गाह्रो भएपछि अपाङगता भएकी एक आमा दाङको घोराहीका सडकमा भौतारिनुपर्ने बाध्यता आइपरेको छ ।
शारीरिक अशक्तता भएकी ३५ वर्षीया आमा सोनु बि.क.को जीवन दैनीय बनेको छ । आफ्ना दुई साना छोरालाई पढाउनुपर्ने बाध्यता त छदैछ, सोनुलाई साँझबिहान छाक टार्न पनि उत्तिकै समस्या छ ।
स्थानीय शुभसन्देश बोर्डिङ्ग स्कुलमा अध्ययनरत अर्जुन र अजयको पढाइका लागि सहयोगको अपील गर्दै एनजिओका कार्यालयमा अपील गरेपनि कसैले सहयोग गरेका छैनन् । बरु उनीहरूको पीडासँग खेलवाड गर्ने गरेको आरोप छ ।
गत वर्ष २०७२ को कत्तिक महिनामा आफ्ना बलबहादुर बि.क.को असामयिक निधन पछि बि.क. परिवार संकटमा छ ।
घोराही नगरपालिका वडा नं ८ बडहरा निवासी सोनु बि.क.को बाल विवाह भएको थियो ।
एउटा कार्यालयका कर्मचारी मुकुन्द अधिकारीको व्यक्तिगत सहयोगमा बोर्डिङ्ग स्कुलमा भर्ना गरी अध्यायनरत यी दुई बालकको अगाडिको पढाइ कसरी जाने हो अनिश्चित छ । अधिकारी सरुवा भएर गएपछि अर्जुन र अजयको भविष्य अन्धकार बन्दै गएको छ ।
‘सहयोग नभए पढाइ छोड्नुको बिकल्प छैन’, अर्जुनले भने । सबै संघसंस्थाको सहयोगमा अर्जुनलाई सहयोग गर्नका लागि पहल गर्ने तयारी पनि भएको छ ।












प्रतिक्रिया