काठमाडौं, ७ जेठ । प्रहरीले चार थान भरुवा बन्दुकसहित इलाम र डोटीबाट ६ जनालाई पक्रा गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार इलामको सुर्योदय नगरपालिका–१५ बस्ने बस्ने २४ बर्षीय सरण राई, १४ बर्षीय बिनोद राई, २० बर्षीय राम कुमार राई, ४३ बर्षीय बिरबहादुर राई, ५४ बर्षीय खडग बहादुर राईलाई प्रहरीले ३ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विहिबार सोही ठाउँ बस्ने बल बहादुर राई र पदम प्रसाद भट्टराईको निजी पाखोबारीमा ३ नाल भरुबा बन्दुक र केही छर्रा सहित फेला पारेको थियो ।
यसैगरी डोटीको कलेना–२ खेतकट्टे बस्ने ४३ बर्षीय इन्द्र बहादुर साउदलाई प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, १ थान गोली तथा बारुद्ध सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीबाट गस्तीमा खटिएको प्रहरी टोलीले विहिबार उनको घर खानतलासी गर्दा उक्त भरुवा बन्दुक, गोली र बारुद बरामद भएको थियो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया