काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल झण्डै एक महिना लामो अमेरिका बसाइपछि स्वदेश फर्किनु भएको छ ।
बिहीबार राति नौँ बजेपछि नेता पौडेल काठमाडौं आइपुग्नु भएको हो । उहाँलाई कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गाना, सांसद जीवन परियारसहितका नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए ।
अमेरिका बसाइका बेला वरिष्ठ नेता पौडेल नेपालीहरूका विभिन्न कार्यक्रममा सहभागी हुनु भएको थियो ।












प्रतिक्रिया