पर्सा, ६ जेठ । दाइजोको कारण विवाह इन्कार गर्ने महुबन गाविस–३ बस्ने ४५ वर्षीय गणेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार साहका छोरा २३ वर्षीय गौरीशंकर साह र पर्सा लखनपुर गाविस–४ बस्ने १९ वर्षीया युवतीबीच सामाजिक परम्परा अनुसार गत बैशाख १७ गते बिबाह हुने भनी केटा तथा केटी पक्षको सहमतिमा मिति घोषित भएको थियो ।
केटा पक्षका दुलाहाका बावु साहले दाइजो कम भएको भनी पूर्बघोषित मितिमा विबाह ईन्कार गरी बिबाहको जन्ती नल्याएको भन्ने सूचनाको आधारमा खटि गएको प्रहरीले साहलाई पक्राउ गरेको हो ।
साहलाई सामाजिक ब्यबहार (सुधार) ऐन २०३३ बमोजिम कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साथै हाल भागी फरार रहेका उनका छोरा गौरीशंकर साहको खोजी कार्य भइरहेको सो कार्यालयले जनाएको छ ।












प्रतिक्रिया