१७ कार्तिक २०८३, मंगलबार

देउवाको प्रचार गर्ने उपकुलपतिको राजीनामा माग, सुप विश्वविद्यालयमा तालाबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Farwester-universityमहेन्द्रनगर, ६ जेठ । प्रमुख सत्ताधारी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठको राजीनामाको माग गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति जस्तो पदमा बसेर समाजिक सञ्जाल मार्फत राजनीतिक नेताहरुको अपमान गर्नुका साथै काँग्रेस महाधिवेशनका बेला सभापतिमा शेर बहादुर देउवालाई जिताउन स्टाटस खेलेर राजनीति गरेको भन्दै उपकुलपतिको राजीनामाको माग गरेको अनेरास्ववियुका नेता नरेन्द्र कार्कीले जानकारी दिनुभयो । उपकुलपति श्रेष्ठले काँग्रेस कार्यकर्ताको जस्तो व्यवहार गरेकाले उनले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने नेता कार्कीको माग छ ।

बर्षदिन वितिसक्दा पनि सुप विश्वविद्यालयको वृति विकासको साटो राजनितिक कार्यकर्ता बनेर विश्वविद्यालयको विकास भन्दा पनि विनासमा लागेकाले उपकुलपति पदबाट राजिनामाको माग गरिएको नेता कार्कीको भनाई छ ।

बिहीबार अनेरास्ववियु कञ्चनपुरले उपकुलपति श्रेष्ठको राजिनामाको माग राख्दै उनको कार्यकक्ष र परीक्षा नियन्त्रणको कार्यालय महेन्द्रनगरमा समेत तालाबन्दी गरेको छ । उपकुलपतिले एक बर्षसम्म पनि कुनै पनि काम नगरेको भन्दै अनेरास्ववियुले उनको घोर बिरोध समेत गरेको छ ।

विश्वविद्यालयमा प्रकृया बिनै नियुक्ती भएका शिक्षक, कर्मचारीहरुलाई हटाउनुपर्ने, छात्रावासको व्यवस्थापन, विश्वविद्यालयमा पढाउने शिक्षक नियम विपरित अन्यन्त्र विद्यालयमा पढाईरहेकाले त्यसलाई रोक्न समेत अनेरास्ववियुले माग अघि सारेको छ । विश्वविद्यालयका निर्माणाधिन भवनहरु समयै सम्झौता अनुसार निर्माण गरिनुपर्ने, एउटा संकायमा नियुक्ति प्राध्यापकले अर्कोे संकायमा अतिरिक्त कक्षा बाफत मोटो रकम लिने गरेकाले त्यसलाई पनि रोक्न माग गरिएको छ ।

कार्यालय समयमै शिक्षक कर्मचारीहरु उपस्थित हुनुपर्ने लगायतका विभिन्न १५ बुदे ज्ञापत्र समेत समेत बुझाईएको छ । अनेरास्ववियुले विश्वविद्यालयमा यावत समस्या भएपनि उपकुलपति नै राजनिती र कार्यकर्ताको भूमिका निर्वाह गर्नमै व्यस्त रहेकाले विश्वविद्यालय धरापमा परेको विश्लेषण गरेको छ । अनेरास्ववियुले विश्वविद्यालय परिसमै रजिष्ट्रार जस्तो गरिमामय पदको पुत्ला दहन काम निन्दनिय भएको ठहर गरेको छ । उपकुलपतिले आफ्नो पदको दुरुपयोग गर्दै काँग्रेसी राजनिती गरेको अनेस्ववियुले उनको कडा बिरोध समेत गरेको छ । काँग्रेसी राजनिति नगर्न समेत अनेरास्ववियुले आग्रह गरेको छ । अनेरास्ववियु कञ्चनपुरले आफ्नो संगठनले उठाएका माग प्रति चासो नदिए कडा आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

यस बारेमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठले आफुले काँग्रेसको राजनिति नगरेको दावि गर्नुभएको छ । ‘मैले काँग्रेस महाधिवेशनका कसैले देउवालाई जिताउन आग्रह गरेको स्टाटस राखेको थियो, शेर बहादुर देउवाको फोटोमा लाईक मात्रै गरेको हुँ ।’, उनले भनिन् । ‘मलाई राजनिति गर्यो भनेर आरोप मात्रै लगाएको हो ।’ आफुले अवैधानिक कर्मचारी भर्ना नगरेको दावि गर्दै, कर्मचारी भर्ना गर्न उपकुलपति एक्कैले नसक्ने बताउनुभयो ।

विद्यार्थीहरुको माग स्वभाविक भएको भन्दै माग बारेमा छलफल गरिने समेत बताउनुभयो । आफ्नो कार्यकक्षमा तालाबन्दी भएपनि विश्वविद्यालयको काम प्रभावित नभएको र यो समान्य भएको उहाँको भनाई छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाओवादी निकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँ, विप्लप माओवादी निकट क्रान्तिकारी र नयाँ शक्ति निकट विद्यार्थी संगठनहरुले सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टले पदिय मार्यादा विपरित काम गरेको भन्दै उनको राजिनामाको माग राखेर तालाबन्दी गरेको भोलीपल्ट अनेरास्ववियु कञ्चनपुरले उपकुलपतिले काँग्रेसको राजनिती गरेर पदिय दुरुपयोग गरेको भन्दै तालाबन्दी गरेको छ । उपकुपति काँग्रेस निकट र रजिष्ट्रार एमाले निकट भएकाले विश्वविद्यालयमा दैनिक काम भन्दा पनि राजनितिक खिचातानी भएकोे छ ।

कञ्चनपुरको हरेक शैक्षिक आन्दोलनमा एकजुट भएर संघर्ष गर्ने यहाँका विद्यार्थी संगठनहरु यसरी सुपका उपकुलपति र रजिष्ट्रारको विषयलाई लिएर अलग अलग आन्दोलनमा उत्रेका छन् । यस क्षेत्रका जनताको लामो संघर्ष पछी प्राप्त विश्वविद्यालयमा दिनहुँजसो तालाबन्दीका कारण विद्यार्थीहरुको भविश्य समेत अन्यौतातिर जाने खतरा छ ।