संखुवासभा, ६ जेठ । संखुवासभाको पावाखोला गाविसस्थित कास्वा खोलामा आएको बाढीले बगाएर एक पुरुषको मृत्यु भएको छ ।
पावाखोला गाविस ९ स्थित अलैची बारी फाँड्न जानेक्रममा कास्वा खोलामा आएको बाढीले बगाएर सोही गाविस ८ बस्ने ५६ वर्षिय कवि राज गुरुङको मृत्यु भएको स्थानीयले बिहान १० बजे इलाका प्रहरी कार्यालय हेदाङनामा जानकारी गराएको हो ।
घटनास्थलमा प्रहरीको टोली खटि गई बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया