१७ कार्तिक २०८३, मंगलबार

सञ्चारिका समूह पाँचथरको अध्यक्षमा शान्ति राई चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DSC06763पाँचथर, ६ जेठ । सञ्चारिका समूह नेपाल पाँचथरको प्रथम अधिवेशनबाट शान्ति राई अध्यक्षमा चयन भएकी छन् ।

बुधबार फिदिममा भएको भेलाले राईलाई अध्यक्षमा चयन गरेको हो । महिला पत्रकारहरुको पेशागत सुरक्षासँगै व्यवसायिक पत्रकारितामा जोड्बल गर्दै आएको समूहको उपाध्यक्षमा सरिता तामाङ राई निर्वाचित भएकी छिन् ।

सचिवमा अनिता राई, सहसचिवमा राधा स्मृति र कोषाध्यक्षमा सीता बुढाथोकी रहेका छन् । समूहको वरिष्ठ सदस्यमा विमला ढकाल, देविका योङहाङ, सोनिका मुकारुङ, तुलसा राई, सरिता चेम्जोङ, संगीता सुहाङ, अञ्जु नेपाली चयन भएका छन् ।