१७ कार्तिक २०८३, मंगलबार

तलब नपाएको भन्दै शिक्षक आन्दोलनमा, विद्यार्थीको अर्कै चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rolpa-teacher– जीवन डाँगी
रोल्पा, ५ जेठ । तलब नपाएको भन्दै बिरेन्द्र उमाबि जिनाबाङका शिक्षकले बिद्यालयको पठनपाठन बन्द गराएका छन् ।

सात महिना बिति सक्दा पनि आफूहरुले तलब नपाएकाले आन्दोलनमा उत्रीन बाध्य भएको शिक्षक लाल बहादुर डाँगीले जानकारी दिनुभयो ।

आन्दोलन समाधान गर्न भनेर बसेको बिद्यालय ब्यबस्थापन समितिको बैठकले पनि कुनै टुङगो लगाउन नसकेको बताईएको छ । बिद्यालयको कारणले नभई जिल्ला शिक्षा कार्यालयको कारण नपाएको र पठनपाठन सुरु गर्न बिद्यालयका प्रअ कोमलराज डाँगीले शिक्षकहरु आग्रह गनुभएको छ ।

बिद्यार्थीहरुले बुधबार देखि पठनपाठन सुरु नभए कार्यालय ताला बन्दी गर्ने र आफनो आन्दोलनलाई अगाडी बढाउने चेतावनी दिएका छन् ।

यता जिल्ला शिक्षा कार्यालयले आन्दोलनबाट नभई बार्ताबाट समाधान खोजर्न र बन्द भएको पठनपाठन छिटै सुरु गर्न अनुरोध गरेको छ ।