१७ कार्तिक २०८३, मंगलबार

रक्सीले मातेर श्रीमानले कुट्दा श्रीमतीले यो के गरिन ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kutpitउदयपुर, ५ जेठ । उदयपुरमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मैनामैनी–९ बस्ने ५१ वर्षीय चंखे भन्ने रामबहादुर राईको उनकै पत्नीले कोदालो प्रहार गर्दा मंगलबार मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेका राईले ५७ वर्षीया पत्नी जनकुमारी राईलाई कुटपिट गर्ने क्रममा पत्नीले कोदालोले टाउकोमा प्रहार गर्दा रामबहादुरको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

जनकुमारीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी बागलुङ्गको बुर्तिबाङ–३ बस्ने २१ वर्षीया चमेली घर्तीले सामान्य बिबादमा मंगलबार खुकुरी प्रहार गर्दा बुर्तिवाङ–३ अर्नाकोट बस्ने ५१ वर्षीय टिकासरा खड्का घाइते भएका छन् ।

खुकुरी प्रहार गर्ने घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।