काठमाडौँ, ५ जेठ । राजधानीमा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी १४ वर्षपछि पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार १४ बर्ष अघि ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी काठमाडौं सितापाईला गाविस–१ बस्ने ४८ बर्षीय कृष्णराम बुढाथोकीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले काठमाडौं कलंकीबाट बुधबार पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योग मुद्धामा ललितपुर जिल्ला अदालतको २०७० असार २७ गतेको फैसलाले ५ बर्ष कैद हुने ठहर भएकोमा कैद बेरुजु रही फरार रहेका बुढाथोकीलाई फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले पक्राउ गरेको हो ।
बुढाथोकीले २०५९ फागुन १ गते ललितपुर उपमहानगरपालिका–१० कुपण्डोलस्थित हनुमानथान अगाडि बागमती नदीको पुल नजिकै कुपण्डोल बस्ने धनुषा धारापानी गाविस–१ का बिनोद शाह तेलीलाई पेटमा छुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका थिए ।
बुढाथोकीलाई ब्यूरोले आजै ललितपुर जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि नख्खु कारागार पठाइएको छ ।













प्रतिक्रिया