१७ कार्तिक २०८३, मंगलबार

राप्रपा नेपाल ललितपुरको कार्यसमितिमा नयाँ अध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapaकाठमाडौं, ५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ललितपुर जिल्ला कार्यसमितिको अध्यक्षमा बाबुकाजी प्रधानलाई नियुक्त गर्नुभएको छ ।

पार्टीको बृहत्तर हित र एकता विपरीत कार्यमा संलग्न भएको भन्दै अध्यक्ष थापाले ३ दिनअघि ललितपुर कार्यसमिति विघठन गर्नुभएको थियो । आन्तरिक विवाद भएपछि अध्यक्ष थापाले ललितपुर कार्यसमिति विघठन गर्नुभएको हो ।

ललितपुर जिल्ला कार्यसमितिको तदर्थ समितिको अध्यक्षमा थापाले आज प्रधानलाई जिम्मेवारी प्रदान गर्नुभएको सहप्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त अध्यक्ष प्रधान पार्टीको केन्द्रीय सदस्य तथा बागमती अंचल समन्वय समितिका संयोजक समेत हुनुहुन्छ ।