बर्दिया, ५ जेठ । बर्दिया जिल्लाको मगरागढी– ९ रम्बापुरमा भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् ।
मंगलबार राति ना २ ख ४३ १७ नम्बरको ट्रकलाई बा १२ च ३७५ नम्बरको कारले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुबै सवारी साधन पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कारमा सवार ५ जना र ट्रकमा सवार २ जना घाइते भएका हुन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भैरहेको छ ।












प्रतिक्रिया