१७ कार्तिक २०८३, मंगलबार

चट्याङ लागेर दुईको मृत्यु, दुई घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chatyangaचितवन, ४ जेठ । पूर्वी चितवनमा चट्याङ लागेर आज साँझ दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा राप्ती नगरपालिका–१२ विजयनगरका कमल पुन र हेटौडा फापरवारी घर भएका मानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

घरनजिकै काम गरिरहेको अवस्थामा उनीहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुमध्ये पुनको बाटोमै र तामाङको उपचारका क्रममा भारतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चट्याङ लागि प्रकाश परियार र सुरेश परियार घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । रासस