१७ कार्तिक २०८३, मंगलबार

राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भनी ठगी गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Zamba-bhoteकाठमाडौँ, ४ जेठ । राष्ट्रिय अनुसन्धान बिभागमा जागिर लगाइदिने भनी ठगी गर्ने ललितपुरको तिव्वतीयन क्याम्पमा बस्ने संखुवासभा चैनपुर–५ घर भएका ३२ बर्षीय जम्बा भोटेलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भोटेले सोलुखुम्बु घर हुने सरद राई र प्रेमकुमार मगरलाई विभिन्न प्रलोभनमा पारी राष्ट्रिय अनुसन्धान विभागको असई पदमा जागीर लगाइदिने भनि राईबाट ४ लाख ५० हजार र मगरबाट २ लाख रुपैयाँ रकम लिएको तथा सहोदर मामा जुम्प लेम्डुक भोटेको सालो वाड्डा भोटेलाई सरकारी जागिर दिलाई दिने भनी आफ्नै मामाबाट ८ लाख रुपैयाँ लिएका थिए ।

भोटेले रकम लिएको र काम नभए पश्चात रकम माग गर्दा चेक काटी दिएकोमा मामाबाट चेक खोसी च्याति दिएको र मामालाई समेत सामाजिक संजाल फेसबुकमार्फत चारित्रीक हत्या गर्ने म्यासेज गरी सम्पर्क विहिन भएकोमा पीडितहरुले ठगीएको थाहापाई महानगरीय प्रहरी अपराध महाशाखामा आई निवेदन दिएको थिए ।

महाशाखाबाट खटिएको विषेश टोलीले भोटेलाई सोमबार काठमाडौँ बागबजारबाट पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ ।