१७ कार्तिक २०८३, मंगलबार

घरबाट भागेर भारत हिडेका चार युवतीको उद्दार, बेचिन लागेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ki-nepal-bhairahawa

भैरहवा, ४ जेठ । मानव बेचविखन तथा ओसारपसार विरुद्ध कार्यरत संस्था केआई नेपालले भैरहवा सीमा नाकाबाट चार जना युवतीको उद्धार गरेको छ ।

केआई नेपालले परिवारलाई जानकारी नदिएरै भारत जान लागेका ४ जना किशोरीलाई भैरहवाको सुनौली नाकाबाट प्रहरीको सहयोगमा उद्धार गरेको हो ।

मानव तस्करी रोकथामका लागि चालेको अभियान अन्तर्गत उनीहरुलाई नाकाबाट उद्धार गरी सस्थांको २ दिन संरक्षणमा राखि अहिले परिवारको जिम्मा लागाइएको केआई नेपाल भैरहवाका संयोजक तारा सापकोटाले जानकारी दिनुभयो ।

परिवारको जानकारी विना हिडेका उनीहरुलाई केआई नेपालले जिल्ला प्रहरी कार्यालयको सहयोगमा बेचिनबाट रोकेको हो । उद्धार गरिएका ती युवतीहरु भारतको गुजरातमा भूकम्पपछि आफूहरु घरबारविहिन भएको र जागिरको प्रलोभनमा जान लागेको जिल्ला प्रहरी कार्यालय वेल्हियाका प्रहरी सहायक निरीक्षक खिमबहादुर रानाले बताउनुभयो ।

केआई नेपालले सीमामा अनुसन्धानका लागि युवतीहरुलाई सोधपुछ गर्दा जागिरको प्रलोभनमा भारत जान लागेको खुलेको हो । उद्धार गरिएका किशोरीहरु १८ र १९ बर्षका रहेका छन् ।

भारत लैजाने लागिएका रसुवाका सीमा तामाङ्ग र रीता तामाङ्ग त्यस्तै बाग्लुङ्गका मेनका र हिरामाया मगर लाई उद्धार गरिएको हो । केआई नेपाल भैरहवा शाखाले पछिल्लो एक महिनामा ४३ जना चेलीलाई नाकाबाट उद्धार गरेको केआर्इ नेपालकी सुचना तथा सञ्चार अधिकृत सुरक्षा बरालले जानकारी दिनुभयो ।