झापा, ४ जेठ । झापामा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै श्रीमती मारेको अभियोगमा बिर्तामोड नगरपालिका–६ डेरा गरी बस्ने ३५ वर्षीय दिपक अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
अग्रवालले सोमबार राति डेरा कोठामा २५ वर्षीया श्रीमती ज्योति अग्रवालसंग विवाद हुदाँ घाँटी चिथेर हत्या गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया