१७ कार्तिक २०८३, मंगलबार

कपिलवस्तु जिल्ला प्रशासनमा दुई भाषाका अडियो वडापत्र

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kapilbastu_district– शम्भू माली
कपिलवस्तु, ४ जेठ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निरक्षर सेवाग्राहीलाई मध्यनजर गरि अबधी र नेपाली भाषाका अडियो नागरिक वडापत्र शुरु गरेको छ ।

कार्यालयले सेवा प्रवाहलाई सरल, सहज र सेवाग्राही मैत्री बनाउन अडियो वडापत्र सञ्चालनमा ल्याएको जनाईएको छ । प्रशासनमा आउने दृष्टिबिहिन र निरक्षर सेबाग्राहीलाई मध्यनगर गरी नेपाली र अबधी भाषामा अडियो रेकर्ड गरि अडियो नागरिक वडापत्र सञ्चालनमा ल्याईएको हो ।

अडियो वडापत्र मार्फत कार्यालयबाट प्रदान गरिने सेवा, सेवा पाउने स्थान, आवश्यक कागजात, जिम्मेबार निकाय, तोकिएका जिम्मेबार अधिकारी, प्रवाहको तरिका र प्रक्रिया सगै सेवा लिदा लाग्ने समय, गुनासो गर्ने अधिकारी लगायतको बारे अडियो वडापत्रबाट जानकारी दिन शुरु गरिएको हो ।

सेवाग्राहीको सहजताका लागी नागरिकता, प्रतिलिपीका सेवा लिने स्थान, मुख्य प्रबेशद्धार र प्रतिक्षालयमा गरि तिन स्थानमा तिनवटा साउण्ड स्पिकरबाट अडियो वडा नागरिक पत्रबारे सेवाग्राहीले सेवा बारेकोे जानकारी पाउन शुरु गरेका छन । प्रशासनमा अडियो वडा पत्र शुरु गरे पछि सेवग्राहीलाई हजता भएको प्रशासनमा आएका सेवाग्राही बताउछन ।

निरक्षर सेवाग्राहीलाई कार्यालयको सेवा प्रवाह बारे सरल, सहज र सेवाग्राही मैत्री बनाउन अडियो वडापत्र सञ्चालन ल्याईएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सुचना अधिकृत रहेका प्रशासकिय अधिकृत पर्शुराम पोख्रेलले जानकारी दिनु भयो । उहाँले जिल्लाका अन्य सरकारी कार्यालयमा समेत सो सुबिधा शुरु गर्न पहल थालिएको बताउनुभयो ।