३१ आश्विन २०८३, शनिबार

अमेरिकी रिपोर्टमा चीनको कडा आपत्ति, सैन्य खतरा बढाउन खोजेको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obama-Xiकाठमाडौं, ३ जेठ । चीनले अमेरिकी रक्षा विभागको मूख्यालय पेन्टागनको सैन्य विकास सम्बन्धि रिपोर्टमा कडा आपत्ति जनाएको छ ।

चीनले आइतबार अमेरिकाले लगाएको आरोपसहित रिपोर्टले आपसी विश्वासमा भारी नोक्सान पुगाएको भनको हो ।

चीन भन्छ- यो रिपोर्ट जानेबुझेर हाम्रो रक्षा नीतिलाई तोडमोड गरी पेस गरिएको छ । चीनले यो वार्षिक रिपोर्टमा गहिरो असन्तुष्टि र दृढ विरोध पनि जनाएको छ । उसले यो रिपोर्टमा देशको सैन्य विकासलाई गलत ढंगबाट पेस गरेको आरोप लगाएको छ ।

शुक्रबार अमेरिकी कंग्रेस (संसद)मा दिइएको रिपोर्टमा त्यहाँको रक्षा मन्त्रालयले चीन विवादित दक्षिण चीन सागर र अन्य स्थानहरुमा आफ्नो समुद्री शक्ति बढाउँदै प्रतिरोधक यन्त्रको प्रयाग गरिरहेको छ र क्षेत्रीय तनाव बढाइरहेको उल्लेख छ । रिपोर्टमा चीनले आफूले नियन्त्रणमा लिएको दाबी गर्दै दक्षिण चीन सागरमा कृत्रिम द्धीपहरुमा सैन्यीकरणमा ध्यान केन्द्रीत गरिरहेको पनि भनिएको छ ।

यो रिपोर्टमा कडा आपत्ति जनाउँदै चिनियाँ रक्षा प्रवक्ता कर्नल यांग युजुनले पेन्टागनको वार्षिक रिपोर्टमा चीनको सैन्य विकासलाई गलत तरिकाबाट पेस गरिएको र यो चीनको सैन्य खतरालाई बढाइ चढाई गरिएको आरोप लगाए ।

(भारतीय पत्रिका नवभारत टाइम्सको सहयोगमा)