काठमाडौं, ३ जेठ । संघीय गठबन्धन लगाएतका दलहरुका नेता तथा कार्यकर्ता सिंहदरवार घेराउको लागि उपत्यकाको बिभिन्न स्थानबाट हिँड्नेक्रममा काठमाडौं माइतीघर मण्डलामा सोमबार प्रर्दशनकारीबाट प्रहरीमाथि ढुङगा प्रहार भएपछि नियन्त्रणमा लिनेक्रममा प्रदर्शनकारीतर्फ २ जना सामान्य घाइते भएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरीमाथि ढुंगा प्रहार गर्ने नुवाकोट तारुका–८ वस्ने ३० वर्षीय पोक सेक्यूरिटी गार्ड स्वयम्भुमा कार्यरत अनिल ढुंङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै उक्त गठबन्धनले ल्याएका ३५ थान लाठी थापाथली चोकबाट प्रहरीले बरामद गरेको छ ।
प्रदर्शनको क्रममा घुसपैठ भएको भनि अर्घाखाँची पाली–८ का २३ वर्षीय रामप्रसाद पौडेललाई प्रदर्शनकारीले हातपात गर्दा आँखामा सामान्य चोट लागेकोले उपचारको लागि आँखा अस्पताल त्रिपुरेश्वर लगिएको छ भने सोही ठाउँ बस्ने त्रिचन्द्र कलेजमा बिएससी प्रथम बर्षमा अध्ययनरत प्रकाश अधिकारीलाई प्रदर्शनकारीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी बृत्त सिंहदरवारमा बुझाएका छन् ।













प्रतिक्रिया