१७ कार्तिक २०८३, मंगलबार

कञ्चनपुरमा दुई सय बढी उजुरी, संयोजक चयन अलपत्र

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanchanpurकञ्चनपुर, ३ जेठ । जनयुद्धका बेला राज्य र तत्त्कालीन बिद्रोह पक्षबाट पीडित भएकाहरुका लागि सरकारले दुई आयोग गठन गरेर देशैभरिबाट उजुरी लिईरहेको छ ।

यसैवीच स्थानीय शान्ति समिति कञ्चनपुरले समेत पीडितहरुका उजुरी लिईरहेको छ । बैशाख पहिलो साता देखि शान्ति समितिले उजुरी लिन लागेको शान्ति समितिका कार्यालय प्रमुख तर्कराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनामा

शान्ति समिति कञ्चनपुरमा दुईसय भन्दा बढि उजुरी दर्ता भएका छन् । स्थानिय शान्ति समितिका कार्यालय प्रमुख तर्कराज भट्टले सत्य निरुपण तथा मेलमिलाप आयोगका १८० र वेपत्ता पारिएका छानबिन आयोगका २९उजुरी गरि जम्मा २०९ उजुरी दर्ता भएको जानकारी दिनुभयो ।

प्रमुख भट्टका अनुसार बैशाख पहिलो साता देखि एक महिनाको अवधिका उक्त उजुरीहरु दर्ता भएका छन् । जिल्लाका विभिन्न गाविस र नगरका स्थानिय शान्ति समिति मार्फत उक्त उजुरीहरु आएका हुन् । मृतक, सम्पती क्षति, वेपत्ता, थुना,कुटपिट, घाईते, विस्थापित र वेपत्ता बारे निवेदन परेका छन् । स्थानिय शान्ति समितिका संयोजक गगन सिहले आफुहरुले पीडितलाई भेट्दै उजुरी संकलन गरिरहेको बताउनुभयो । पीडितको न्यायका लागि समितिले गाँउ गाँउमा समेत सचेतना अभियान संचालन गरेको छ ।

यसैविच स्थानिय शान्ति समितिमा कोरम नपुग्दा संयोजक चयन अलपत्र परेको छ । निर्देशिका अनुसार तत्तकालिन संयोजक गगन सिहको म्याद सकिएपनि पटक पटक शान्ति समितिको पदाधिकारीहरुको बैठकमा कोरमै नपुग्दा नयाँ संयोजक चयन हुन नसकेको शान्ति समितिले जनाएको छ ।