– कृष्ण ओझा
पाँचथर, २ जेठ । पाँचथरको रबि गाविसमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । कार्यालयबाट नागरिकहरुको घरदैलोमा सेवा प्रदान गरिने भएको छ ।
आइतबार पाँचथरका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले कार्यालय उद्धघाटन गरे । इलाका प्रशासन कार्यालय प्रमुखको जिम्मेवारी कायम मुकायम अधिकृत रेणु प्रसाद ओझाले पाएका छन् ।
इलाका कार्यालयबाट आजै रबि गाविस ७ की अस्मिन राईले पहिलो नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेकी छन् ।
कार्यालयबाट नागरिकले राहादानी सिफारिस, नाबालक परिचय पत्र, ठाडो उजुरी, संघसंस्थाको नविकरण, बजार अनुगमन लगायत सेवा उपभोक्ताका लागि उपलब्ध हुनेछन् ।
यस इलाका कार्यालयबाट १० गाविसका नागरिकहरुले जनमुखी प्रशासनको सेवा पाउने भएको स्थानीयले बताए ।
प्रमूख जिल्ला अधिकारी घिमिरेको सक्रियतामा दुवै क्षेत्रमा कार्यालय स्थापना भएकाले जनताले दुःख पाउनबाट मुक्ति मिलेको सरोकारवाला बताउँछन् ।
यसअघि प्रजिअ घिमिरेले जिल्लामा विदाको समयलाई सदुपयोग गरी गाउँ गाउँमा घुम्ती शिविर सञ्चालन गरी सेवाप्रभाव गर्दै आएका थिए ।
पाँचथरको क्षेत्र नंम्बर १ च्याङथापूमा इलाका प्रशासन कार्यालय स्थापना गरी जनमूखी प्रशासन सेवा उपलब्ध गरिदै आएको छ ।













प्रतिक्रिया