काठमाडौँ, २ जेठ । राजधानी केन्द्रीत आन्दोलन गरेको संघीय गठबन्धनका आन्दोलनकारीको २८५ लाठी सिंहदरबार वरीपरीबाट प्रहरीले बरामद गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार २७ दलीय गठबन्धले आइतबार सिंहदरवार घेराउ गर्ने पूर्र्व घोषित कार्यक्रम अनुसार विभिन्न स्थानहरुमा भेला जम्मा भई माइतीघर मण्डलामा भेला हुने क्रममा आन्दोलनकारीहरुले संगै बोकी ल्याएका २८५ थान लाठी प्रहरीले नियन्त्रणमा लिएको हो ।
आन्दोलनकारीले माइतीघर मण्डलाबाट भद्रकाली आउने क्रममा बा.१ झ ३६१० नम्वरको बलेरो सरकारी गाडीको पछाडीको सिसा तोडफोड गरी क्षति समेत पु¥याएका थिए ।













प्रतिक्रिया