– योगेन्द्र योगी
संखुवासभा, २ जेठ । जिल्लाको आँखीभुँई गाविसबाट दुई नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुई नाल भरुवा बन्दुकसहित आँखीभुई गाविस ९ बस्ने २० वर्षिय भोलानाथ जिमी आइतबार रंगेहात पक्राउ परेका हुन् ।
जिमीको घरमा बन्दुक लुकाई राखिएको छ भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरको टोलीबाट खटिएको टोलीले आइतबार बिहान उनको घरमा खानतलाशी गर्दा बन्दुक बरामद फेला परेको थियो ।
बरामद बन्दुक र पक्राउ परेका जिमीको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।












प्रतिक्रिया