१७ कार्तिक २०८३, मंगलबार

कांग्रेसको तीन तले भवनबाट खसेर काठमाडौंमा क्षेत्रीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-logo

काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको तीन तले भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तीन तले भवनमा प्लाष्टर गरी रहेको अवस्थामा खसेर सर्लाही हिरापुर–५ घर भएका ५० वर्षीय गोपालसिंह क्षेत्रीको मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका–३४ नयाँबानेश्वरस्थित टे«ड युनियन काँग्रेसको तीनतले भवन बनाउने क्रममा शनिबार प्लास्टर गरी रहेको अवस्थामा खसेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।