१७ कार्तिक २०८३, मंगलबार

खेतमा जलेको अवस्थामा महिलाको शव भेटियो, श्रीमान पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanchanpurभीमदत्तनगर, २ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–१४ ढक्कामा एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । शनिबार ढक्काकी २२ वर्षीया बासमती राना घर नजिकैको खेतमा जलेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

मृतक बासमतीका श्रीमान् राजकुमार रानाले श्रीमतीले विष सेवन गरेर आत्महत्या गरेपछि आफूले खेतमा लगेर जलाएको प्रहरी समक्ष बयान दिएका छन् ।

प्रहरीले घटनामा श्रीमान् राजकुमारको संलग्नता देखिएको आशङ्कामा पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक प्रतीक विष्टले राजकुमारलाई शनिबार नै पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको छ । रासस